Sinopse
Largest Radio Network of South Asia. Community Information Network (CIN). Association of Community Radio Broadcasters Nepal(ACORAB) was established in 2002 as an autonomous and politically non-partisan organization. CORAB established (CIN) connecting community radios of Nepal into a single satellite network on 29 May 2009. CIN allows stations to receive news and information from the association's studios as well as to share information among stations.
Episódios
-
उपभोक्ता बनेर मन्त्री बजार पुगेपछि
17/09/2020 Duração: 02minव्यापारीले मन्त्रीलाई चिनेनन् । हरेक पसलमा मूल्य फरक पाउनुभयो । एक ठाउँमा एकसय १० र अर्को एक ठाउँमा एकसय २० तिर्नुभयो । कालीमाटीमा त व्यापारीले मन्त्रीलाई किलोको एकसय ५० रुपैयाँ भने ।
-
लकडाउनका कारण होटल व्यवसायी मारमा
17/09/2020 Duração: 02minमासिक एकलाख ५० हजार भाडा तिर्दै आएकोमा हाल भाडा समेत तिर्न नसक्ने अवस्था रहेको पोख्रेलको भनाइ छ । पोख्रेलले भन्नुभयो, ‘भाडा पनि साह्रै महङ्गो छ, व्यापार छैन । सरकारले केही राहत दिएर गरिदिन सके हो । अब जहिलेसम्म सक्छौं हेरौं, नसके साहुलाई बुझाउने हो, हिँड्ने हो ।’
-
लकडाउनका कारण किसानले आफ्नो उत्पादन बेच्न पाएनन्
17/09/2020 Duração: 01minउत्पादन गरेको बस्तु समयमा विक्रि नहुने, विक्रि भएपनि समयमा भुक्तानी नापाईने र आवश्यक सामग्री सहज रुपमा उपलब्ध नहुदा समस्या भोग्नुपरेको धनकुटा नगरपालिका वडा नं २ का किसान चन्द्रलाल तामाङ्ग बताउनुहुन्छ ।
-
पाल्पाका किसान स्थानीय स्तरमै मल उत्पादन गर्दै
16/09/2020 Duração: 02minजैविक मलले माटोमा उर्वराशक्ति बढाउने थाहा पाएपछि, आफैं खटेर मल उत्पादनमा लागेको स्थानीय कुलराज रानाभाटले बताउनुभयो । उत्पादित मल धानमा हाल्दा निकै राम्रो भएको उहाँको अनुभव छ ।
-
मन्त्री अर्याललाई प्रश्न : के हलियाहरु साँच्चै मुक्त भए ?
10/09/2020 Duração: 09minपहिचान गर्न जाँदा १६ हजार ९ सय ५३ मुक्त हलियाको एकिन भयो । अनि यो तथ्यांक संकलन भइसकेपछि त्यसलाई संशोधित संख्याका रुपमा १६ हजार ३ सय २२ एकिन भए । अब आजका मितीसम्म आइपुग्दा पुर्नस्थापना भएकाको संख्या भनेको १२ हजार ८ सय ३० हो ।
-
प्रदेशलाई केन्द्र सरकारले आफ्नो नियन्त्रणमा राख्यो – उपेन्द्र यावद
09/09/2020 Duração: 05minप्रदेश सरकार सँग न आफ्नै कर्मचारी छ, न त आफनो स्रोतमाथि अधिकार छ । न कानुन छ, न प्रशासन छ न केहि छ । त्यस्तो अवस्थामा कुन प्रदेश सरकार कति प्रभावकारी हुनसक्छ भन्ने कुराको पनि त ख्याल राख्नुपर्छ ।
-
आधारभूत सेवा सुविधा समेत छैन मुक्त हलियालाई
06/09/2020 Duração: 03minसरकारले हलिया मुक्तिका नाममा केही पैसा दिएर घर मर्मत त गरिदियो, तर रोजीरोटीको उपाय नभएपछि पुनः अघोषित हलिया जीवन बिताउनु परेको छ ।
-
मजदूरी गर्नेहरूको प्रश्न, कहिले पाइन्छ काम ? कहिले पाइन्छ खाना ?
06/09/2020 Duração: 03minकोरोना भाइरसको त्रासले चैत यता कार्यालयहरू राम्रोसँग सञ्चालन भएका छैनन् । विकास निर्माणका काम पनि प्रभावित भएका छन् भने पसल नखुल्दा दैनिक ज्याला मजदुरी गरेर खाने परिवार समस्यामा परेका छन् ।
-
मजदूरी गर्नेहरूको प्रश्न, कहिले पाइन्छ काम ? कहिले पाइन्छ खाना ?
06/09/2020 Duração: 01minसाहुको काम गरेर दैनिक गुजारा चलाइरहेका हलिया परिवारलाई कोभिड १९ ले प्रभाव पारेको छ । काम पनि पाइएको छैन, त्यसमाथी महङ्गीले झन् समस्या थपिएको स्थानीय हिक्मत वड बताउनुहुन्छ ।
-
धानमा हाल्न किसानले मल पाएनन्
01/09/2020 Duração: 02minमकै छर्ने बेलामा सहकारी मार्फत रासायनिक मल पाएका किसानले धानमा राख्ने मल भने पाएका छैनन् । लामो लकडाउनका कारण सहकारीमा मल आएको छैन । बजारमा पनि अभाव छ ।
-
सुरक्षित स्थानमा सर्न थाले लिदीका पहिरो प्रभावित
27/08/2020 Duração: 02minअहिले बाँसखर्कमा एक सय २५ परिवारका लागि अस्थायी बसोबासको प्रबन्ध मिलाइएको छ । हालसम्म १ सय २१ परिवार बाँसखर्क पुगेका छन् । खानेपानी, इन्धनसँगै शौचालयको पनि समस्या हुनसक्ने चिन्ता विस्थापितहरुलाई छ ।
-
सङ्क्रमित रेडियोकर्मी सुरक्षित भएर सूचना दिंदै
25/08/2020 Duração: 07minपछिल्लो पटक गत भदौ ४ गते रेडियोमा कार्यरत मध्ये ६ जनाले पीसीआर परिक्षण गराएकोमा ५ जनामा भदौ ७ गते सङक्रमण पुष्टि भएको रेडियोमा कार्यरत शिवनाथ यादवले सीआईएनसँग बताउनुभयो ।
-
कुनै पनि दलका प्रमुख र निर्णायक भूमिकामा छैनन् महिला
23/08/2020 Duração: 03minनेपालको संविधानले हरेक निकायमा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत अनिवार्य गरेको छ । तर नेपालका राजनीतिक दलमा भने अहिलेसम्म महिलाको प्रतिनिधित्व २० प्रतिशत नाघेको छैन ।
-
कर्मचारी भर्नामा तीनै तहका सरकारको मनलाग्दी
18/08/2020 Duração: 02minकतिपय स्थानीय तहले स्थायी दरबन्दी भन्दा बढी करारमा राखेका र एउटा स्थानीय तहले मात्र ८० जना कर्मचारी अस्थायी करारमा भर्ना गरेको पाइएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवम प्रवक्ता बसन्त अधिकारीले जानकारी दिनुभयो ।
-
बस्ती सारिदिन नागरिकले गरेको आग्रह कसैले सुनेनन्
15/08/2020 Duração: 03minएक महिनाको बिचमा उनीहरूले कहिले जुगल गाउँपालिकाका जनप्रतिनिधि, कहिले जिल्ला प्रशासन कार्यालय, कहिले प्रहरी त कहिले सांसद र नेता, सबैतिर समस्या सुनाइसकेका थिए । तर उनीहरूको समस्याको समाधानमा कसैले चासो देखाएनन् ।
-
दुर्गम जिल्लाबाट जोखिममा रहेका गर्भवती र सुत्केरी उद्दार गर्ने कार्यक्रम प्रभावकारी
13/08/2020 Duração: 03minकाखमा श्रीमतीलाई राखेर हेलिकोप्टरमा बस्नुभएका अभिजितले खुशी हुँदै भन्नुभयो, ‘हामीजस्तो मान्छेले यस्तो सुविधा पाउनु एकदमै खुशीको कुरा हो । जिल्लामा सम्भव छैन भन्ने बित्तिकै मेरो सात्तो गएको थियो । तर जब हेलिकोप्टर बोलाउने कुरा भयो, मलाई त विश्वास नै लागेको थिएन । तर जब हेलिकोप्टर आफ्नै नजिक आएर बस्यो । मेरो त खुशीको सीमा छैन । अब बेलैमा सुविधा सम्पन्न अस्पताल पुगेपछि मेरो श्रीमती र बच्चाको ज्यान जोगिने भयो । यो नै मेरो श्रीमती र बच्चाको पुर्नजन्म हो । ’
-
हुम्लामा सुरु भयो पठनपाठन
09/08/2020 Duração: 02minलामो समय बन्द रहेका विद्यालय सञ्चालन भएपछि शिक्षकहरू समेत खुशी छन् । एउटै कक्षालाई दुई सत्रमा पढाउनु पर्दा कामको भार थपिए पनि उनीहरूले त्यसलाई बोझको रुपमा लिएका छैनन् ।
-
सुदूरपश्चिम प्रदेश सरकारको जनस्वास्थ्य विधेयक छलफलमा
31/07/2020 Duração: 30minविधेयकका बारेमा अहिले सरोकारवाला निकायसँग छलफल चलाइरहेको समितिका सभापति कुन्ती जोशीले सीआईएनसँग बताउनुभयो । उहाँका अनुसार कोरोनाको महामारीका बीच पनि केही समुदायमा स्वास्थ्य सावधानी अपनाएर विधेयकको बारेमा छलफल चलाउने तयारी भएको छ ।
-
हवाई उडानका लागि वायुसेवा निगम र विमानस्थल तयारी अवस्थामा
23/07/2020 Duração: 02minबुद्ध एयरलाईन्सका बजार व्यवस्थापक प्रमुख रुपेश जोशीले बन्दाबन्दीका कारण व्यहोर्दै आएको आर्थिक व्ययभार विस्तारै कम हुने र नियमित उडानमा जाँदा सम्पूर्ण यात्रु तथा कर्मचारीको सुरक्षाको ख्याल राखेर तयारी अवस्थामा रहेको बताउनुभयो । लकडाउनपछिको उडान कसरी गर्ने भन्ने बारेमा एयरलाईन्सले अभ्यास पनि गरिसकेको भन्दै उहाँले यात्रुको सुरक्षा प्रमुख प्राथमिकता भएका कारण विमानस्थलदेखि विमानमा सवार हुने बेलामा र विमान भित्र यात्रु र विमानका कर्मचारीको सुरक्षाको विषयमा तयारी पूरा गरेको उहाँको भनाइ छ ।
-
महामारीले आर्थिक संकटको चिन्ता,गरिखाने वर्गलाई झन अप्ठ्यारो
14/06/2020 Duração: 02minनेपालमा आर्थिक संकट हुँदा पर्ने असरबारे बताउँदै अर्थविद् नरेश कटुवालले भन्नुभयो, ‘बाहिरबाट आउने रेमिट्यान्स, पर्यटन व्यवसाय, साना तथा मझौला घरेलु उद्योगहरू, धेरैले रोजगारी गुमाइसकेको अवस्थामा सबै क्षेत्र धरासायी भएर जान्छ ।’ अर्थविद् कटुवालका अनुसार यसबाट न्यून आय भएका, गरिखाने वर्ग यसबाट झन अप्ठ्यारोमा पर्नेछन् ।