Sinopse
Largest Radio Network of South Asia. Community Information Network (CIN). Association of Community Radio Broadcasters Nepal(ACORAB) was established in 2002 as an autonomous and politically non-partisan organization. CORAB established (CIN) connecting community radios of Nepal into a single satellite network on 29 May 2009. CIN allows stations to receive news and information from the association's studios as well as to share information among stations.
Episódios
-
अपमान गर्ने सन्तानलाई ३ लाख जरिमाना
09/08/2019 Duração: 02minसरकारले संसदमा पेश गरेको विधेयक पारित भए प्रत्येक व्यक्तिले आफूले कमाएको मध्ये केही प्रतिशत रकम अनिवार्य रूपमा आफ्नो बुवा, आमाको बैँक खातामा जम्मा गर्नुपर्ने छ ।
-
यो वर्ष धान उत्पादन घट्ने
08/08/2019 Duração: 02minकृषि मन्त्रालयका सह प्रवक्ता डा. प्रदिपचन्द्र भट्टराईले भन्नुभयो, ‘समयमा पानी परेको भए धानको उत्पादन राम्रो हुन्थ्यो तर पछि रोपिएको धानले क्षेत्रफल धेरै भएपनि उत्पादन कम हुन्छ, यो प्राविधिक विषय हो । तर कति घट्छ भनेर भन्नको लागिचाहिँ रिसर्च नै गर्नुपर्ने हुन्छ, त्यो अहिले हामीले गरिसकेको छैन ।’
-
काँग्रेसभित्रको गुट र राजनीति
07/08/2019 Duração: 03minनेविसंघ मोरङका नेता विष्णु भुर्तेल नेताहरुको गुटगत राजनीतिबाट दिक्क हुनुहुन्छ । भुर्तेल जस्तै काँग्रेसका अधिकांश कार्यकर्ता नेताहरुको गुटगत राजनीतिमा सन्तुष्ट छैनन् । भुर्तेलले भन्नुभयो, ‘सन्तुष्ट हुने ठाउँ त धेरै कम मात्रै छ, राजनीतिक परिवर्तनपछि हुने सामाजिक, साँस्कृतिक आन्दोलनहरु थिए गाउँ गाउँका, त्यसलाई लिएर जान सकेन ।’
-
हरेक नेपालीलाई २ किलो मासुको अभाव
06/08/2019 Duração: 03minपशु सेवा विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा भारत र चीनबाट मात्र ६० हजार पाँच सय ६६ वटा राँगा र चार लाख ११ हजार ८८ वटा खसी, बोका आयात गरिएको छ । यहि अनुसार आयात जारी रहे चालु वर्षमा मासुमा आत्मनिर्भर बन्ने सरकारको लक्ष्य पूरा हुने देखिदैन ।
-
बाँकेका आमा समूहको लोभलाग्दो सक्रियता
06/08/2019 Duração: 03minन् २०३० सम्ममा गर्भवति महिलाको मृत्युदर प्रतिलाखमा ७० मा झार्ने लक्ष्य सरकारको छ । सरकारको लक्ष्यलाई सहयोग पुर्याउन बाँकेका महिला समूहको सक्रियता लोभलाग्दो छ ।
-
सिँचाईका लागि आकाशे पानी
05/08/2019 Duração: 03minसिरहाका जयराम महतो पनि आकाशे पानी परेको बेला खाल्डो वा पोखरी बनाएर पानी जम्मा गर्ने र त्यहि पानीको प्रयोग गरेर कृषि उत्पादनमा प्रयोग गर्ने गर्नुहुन्छ । नेपालको कुल भू–भागको १७ लाख ६६ हजार हेक्टर क्षेत्रफल सिँचाई योग्य भएपनि १० लाख हेक्टर क्षेत्रफलमा मात्रै सिँचाई सुविधा पुगेको छ ।
-
कपडा उद्यमी कस्मीरा खातुनको सफलताको कथा ।
03/08/2019 Duração: 04minमिहेनत गर्नुअघि केहि गर्ने सपना देख्नुपर्छ, अनि सपना पूरा गर्न चाहिन्छ, हिम्मत । दुख, कष्ट र समस्याहरुसँग नहारे समाजको उदाहरण बन्न सकिन्छ । नेपालगञ्जमा कपडा उद्योग चलाउने मुस्लिम समूदायका एकजना महिलाको सफलताको कथा ।
-
किन आवश्यक छ बाघ संरक्षण ?
02/08/2019 Duração: 02minयदि कोही व्यक्तिले बाघलाई घाइते बनाए, मारे, यसका कुनै अंगप्रत्यंग छाला, दारा, जुंगा, नङ्ग्रा, ओसारपसार गरे, ब्यापार गरे वा घरमा राखेमा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार ५ देखी १० लाख रुपैयाँसम्म जरिवाना र ५ वर्षदेखि १५ वर्षसम्म जेल सजाय हुने व्यवस्था छ ।
-
छोइनसक्नु तरकारीको भाउ
01/08/2019 Duração: 03minक महिना अघि ५३ रुपैयाँ रहेका घिरौलाको मूल्य ७८ रुपैया पुगेको छ भने ७८ रुपैया किलो रहेको भटमास १ सय ५ रुपैया पुगेको छ । २६ रुपैयाँ रहेको सेतो आलु ३३ रुपैयाँ पुगेको छ ।
-
तीन तहका सरकारबीच समन्वय नहुँदा विकासमा असर
01/08/2019 Duração: 02minसापकोटाले भन्नुभयो, ‘तपाईले गरिराखेको काम मैले एकैचोटी लिंदा तपाईले मलाई धेरै कुरा बुझाउनुपर्ने हुन्छ । तपाईले के गर्नुभएको थियो, कसरी गर्नुभएको थियो, के सोचेर गर्न थाल्नुभएको थियो ? आदि कुराहरु सोध्नुपर्यो नि । २० करोडको ठेक्का होला, १५ करोडको ठेक्का होला, अथवा २ करोडको ठेक्का होला, ५० लाखको मात्रै होला । हामीले यो सोचेर यहाँसम्म यो हिसाबले काम गरेका थियौं, तर अब यो ठेक्काचाहिँ तपाईहरुकोमा हस्तान्त्रण हुँदैछ, यसको लागिचाहिँ यि यि कामहरु बाँकी छन्, यो अनुसार गर्दिनुपर्यो भन्नुपर्यो ।’
-
३२ हजार सरकारी कर्मचारी सामाजिक सुरक्षा बाहिर
31/07/2019 Duração: 02minसामाजिक सुरक्षा ऐन् २०७४ को दफा २१ मा सरकारी सेवामा बहाल रहेका व्यक्ति वा सरकारी कोषबाट सामाजिक सुरक्षा योजना कार्यान्वयनका लागि यसै महिनादेखी सरकारले सामाजिक सुरक्षा कोष सङ्कलन गर्दैछ ।
-
सरकारको भ्यू – टावर मोह
29/07/2019 Duração: 03minनेपालमा ६० वर्ष अघिबाट भ्यू टावर निर्माण सुरु भएको हो । भ्यू–टावर निर्माण गर्नु भनेको छेउछाउका घर, रुख, अग्लो पहाड, डाँडा भन्दा अलिकति माथि पुगेर दृश्यहरु हेर्न सक्ने अवस्था बनाउनु हो । नेपालका डाँडाकाँडा आफैंमा गगनचुम्बी भ्यू–टावर हुन् । तिनै अग्ला डाँडामा सिमेन्टका थुम्का साँच्चिकै आवश्यकता हो त ? बहसको विषय बनाउनु जरुरी छ ।
-
सुदूरपश्चिममा मदिरा 'एक पाउ, एक साँझ'
26/07/2019 Duração: 03minकतिपय स्थानीय तहले आफ्नो गाउँ र नगरलाई मदिरा निषेधित घोषणा गरिसकेका छन् भने कतिपयले मदिरा नियन्त्रणका लागि कानुन निर्माण गरी कार्यान्वयनमा ल्याएका छन् ।
-
सुदुरपश्चिम प्रदेशका सबै स्थानीय तह पकेट क्षेत्र घोषणा हुँदै
24/07/2019 Duração: 02minहिमाली क्षेत्र स्याउ र ओखरको लागि राम्रो भएपनि तल्लो भेगमा भने तरकारी खेतिबाट राम्रो आम्दानी गर्न सक्ने सम्भावना छ । तरकारी खेती गरिरहनु भएका किसान चक्रबहादुर साउद आफ्नो आम्दानीबाट सन्तुष्ट हुनुहुन्छ । बैतडी, डडेल्धुरा, डोटी र अछाम सुन्तला जातका फलफूल राम्रोसँग उत्पादन हुने क्षेत्र हो । कागति, अनार, सुन्तला लगाएतका फलफूल लगाउने हो भने किसानहरुले मनग्य आम्दानी गर्न सक्ने कृषि प्राविधिक बताउँछन् ।
-
रोकिएला त असारे विकास ?
24/07/2019 Duração: 03minसमयमा बजेट नआउँदा अघिल्लो आर्थिक वर्षमा विराटनगर महानगरपालिकाको झन्डै ८ करोड बजेट फ्रिज भयो । यस वर्षबाट भने महानगरले निर्माणको चरणमा जानुभन्दा पहिलेको काम भदौसम्म सक्ने र फागुनसम्म सबै योजना सक्नेगरी काम सुरु गरेको छ ।
-
हुम्लाका विपन्न नागरिको अनुदानबाट कर्मचारीलाई घुस
23/07/2019 Duração: 03minसरकार मातहतका निकायको काम नागरिकको सेवा गर्नु हो । तर हुम्लामा भने सेवा गर्ने निकायका कर्मचारीले आर्थिक शोषण गरेको खुलासा भएको छ ।
-
किसानसँग समस्याका चाङ
21/07/2019 Duração: 02minकाभ्रेका विष्णुप्रसाद सापकोटाले थोरै भएपनि आधुनिक प्रविधिको उपयोग त गर्नुभएको छ तर उत्पादनले मुल्य नपाएको गुनासो गर्नुहुन्छ । सापकोटाले भन्नुभयो, ‘मैले पाँच महिना लगाएर बन्दा तयार गरेँ, त्यो लगेर बजार १० रुपैयाँ किलो बेच्छु । ७/८ रुपैयाँ त मेरो लागत परेको छ । अनि उसले १० मा किनेर २० मा बेच्छ । डबल खान्छ ।’
-
मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाईनको परीक्षण सफल
20/07/2019 Duração: 01minभारतको पटनाबाट मोतिहारी हुँदै नेपालको अमलेखगञ्जसम्म कुल २ सय ५९.७ किलोमिटर मध्ये नवनिर्मित मोतिहारीदेखी अमलेखगञ्जसम्मको ६९.७ किलोमिटर क्षेत्रको पाईप परीक्षण गरिएको हो ।
-
साँघुरो ठाउँमा काेचिएर बस्नुपरेको छः सेतीमाया श्रेष्ठ, भूकम्प प्रभावित
20/07/2019 Duração: 11sधादिङको नीलकण्ठ नगरपालिका १२ साङकोशका सेतीमाया श्रेष्ठले सकसपूर्ण जीवन बिताउनुपरेको गुनासो सुनाउनुभयो ।
-
जोखिमयुक्त स्ठानमा रातदिन बिताउन गाह्रो छः प्रेमबहादुर रोका, भूकम्प प्रभावित
20/07/2019 Duração: 11sपुनर्निर्माण नगरिँदा जोखिमयुक्त स्थानमा दिनरात बिताउनुपर्दा त्रास उत्पन्न हुने गरेको मेलम्ची नगरपालिका ५ का प्रेमबहादुर रोकाले बताउनुभयो ।