Sinopse
Largest Radio Network of South Asia. Community Information Network (CIN). Association of Community Radio Broadcasters Nepal(ACORAB) was established in 2002 as an autonomous and politically non-partisan organization. CORAB established (CIN) connecting community radios of Nepal into a single satellite network on 29 May 2009. CIN allows stations to receive news and information from the association's studios as well as to share information among stations.
Episódios
-
निवेदन दिएका सबै लाभग्राहीमा पर्दैनन्ः मनोहर घिमिरे, सहप्रवक्ता, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण
20/07/2019 Duração: 38sगुनासो सुनुवाइबाट १ लाखभन्दा धेरै सङख्यामा लाभग्राही थपिएको र २ सय ७२ वटा बस्ती सार्नुपर्ने विज्ञको समूहले निष्कर्ष निकालेको राष्ट्रिय पुन निर्माण प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले सीआईएनसँग बताउनुभयो ।
-
बाढी प्रभावितलाई स्वास्थ्य समस्या
19/07/2019 Duração: 02minरौतहटका शिवहरी महतोको माटोको घर छ । डुुबानका कारण उहाँको घरभरि पानी पस्यो । विद्यालयमा आश्रय लिएर बसिरहनु भएका उहाँको परिवारलाई खान, बस्न जति समस्या छ, स्वास्थ्य समस्याले झन सताउन थालेको छ ।
-
वैदेशिक रोजगारीमा महिलामाथिको प्रतिबन्ध हटाउन मानवअधिकार आयोगको माग
18/07/2019 Duração: 02minवैदेशिक रोजगारीमा जानेहरु शोषणमा परेको र उनिहरुको मानव अधिकारको हनन् भएको भएपनि सरकारको कमद प्रभावकारी नभएको मानव अधिकारको क्षेत्रमा काम गर्नेहरु बताउँछन् ।
-
जुत्ताभित्र पनि सर्प बसेको हुनसक्छः डा शेरबहादुर पुन
16/07/2019 Duração: 02minबासस्थान खोज्दै जाँदा सर्प बुट जुत्ताभित्र पसेको हुनसक्ने भएकाले जुत्ता लगाउँदा जाँच गरेर मात्र लगानउनुपर्ने डा पुनले सुझाव दिनुभयो ।
-
झुल लगाएर पनि सर्पबाट जोगिन सकिन्छः डा पारस पाण्डे
16/07/2019 Duração: 46sभेरी अस्पताल नेपालगञ्जमा कार्यरत एनेस्थियोलोजिस्ट डा पाण्डेका अनुसार गर्मी सुरु भएयता अस्पतालमा दैनिक कम्तिमा १० जना सर्पदंशका बिरामी आउने गरेका छन् ।
-
हुलाकी राजमार्गले निम्त्याएको डुवान
15/07/2019 Duração: 03minसडकमा ४७ वटा कल्र्भट र पुल बन्दैछन् । सडक डिभिजन कार्यालय नेपालगन्जका अधिकारीहरु नक्साङ्कन त्रुटी भएका कारण बस्तीमा बाढीको जोखिम बढेको स्वीकार पनि गर्छन् । तर यसमा आफूहरुले केही गर्न नमिल्ने बताउनुहुन्छ, कार्यालयका इन्जिनियर सुरेश चौधरी ।
-
अध्ययन प्रतिवेदन थन्किंदा डुब्यो तराई
15/07/2019 Duração: 02minसप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले दुईदिन अघि कोशी नदीमा वर्षाका कारण पानीको बहाव उच्च हुँदै जाँदा पानी बाँधमाथिबाट बग्ने खतरा बढेको बताउनुभयो । आफ्नो भूमिमा सिँचाई गर्न र पानीको बहाव रोक्न भारतले नेपालसँग सीमा क्षेत्रका नदीमा अबैधानिक रुपले बाँध बनाएको छ ।
-
निजी विद्यालय : प्रमाणपत्रमा मनपरी शुल्क
12/07/2019 Duração: 02minउहाँका अनुसार यदि कुनै विद्यालयले विना कुनै निर्णय सामान्यभन्दा बढि शुल्क लिइरहेका छन् भने तिनलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । त्यसका लागि केन्द्र सरकारले स्थानीय सरकारसँग समन्वय गर्नेछ ।
-
एक गाउँ एक प्राविधिक कार्यक्रम : प्राविधिक अलमलमा, सरकार छलफलमा
11/07/2019 Duração: 02minगाउँमा खटिएका पशुसेवाका प्राविधिकहरुले किसानलाई पशुसँग सम्बन्धित सेवा दिइरहेका छन् भने कृषि प्राविधिकले बालिनाली, फलफूल र अन्य उत्पादनसँग सम्बन्धित रहेर किसानलाई प्राविधिक ज्ञान दिइरहेका छन् । कृषि विभागले भने यो कार्यक्रम स्थानीय तहको मातहतमा गएकाले स्थानीय तहहरुले आफ्नो आवश्यकता अनुसार प्राविधिक थप घट गरेर राख्न सक्ने बताएको छ ।
-
आम्दानी र खर्चको हिसाब राख्दैनन् किसान
10/07/2019 Duração: 03minसरकारको तथ्याङ्क अनुसार कुल जनसङ्ख्याको ६४ प्रतिशत नागरिक कृषिमा निर्भर छन् । तर कृषिबाट जीवन धान्न नसकिएको भन्दै विकल्प रोज्नेक्रम हरेक वर्ष बढ्दै गएको देखिन्छ । लागत मूल्य र नाफाको विषयमा ध्यान दिने हो भने कृषिबाट पनि राम्रो आम्दानी गर्न सकिने कृषि विज्ञहरु बताउँछन् ।
-
सरकारकै कारण मानव अधिकार आयोग कम्जोर बन्दै
08/07/2019 Duração: 02minराष्ट्रिय मानव अधिकार आयोगलाई कानुनी कारबाही गर्ने अधिकार नै छैन । अहिले फेरि मानव अधिकार आयोग विधेयक अचानक ल्याएको छ । त्यसमा झन् आयोगलाई खुम्च्याउन खोजिएको छ ।
-
खडेरीले पूर्वी पहाडका जिल्लामा खेतहरु बाँझै
08/07/2019 Duração: 02minखडेरीका कारण तल्लो क्षेत्रका किसान बढि मारमा परेका छन् । कृषिज्ञान केन्द्र ओखलढुंगाका प्रमुख मोहनप्रसाद खतिवडा हालसम्म ४ देखि ५ प्रतिशतमात्रै रोपाई भएको तथ्यांक आफूहरुसँग रहेको बताउनुहुन्छ ।
-
द्वन्द्वको पीडा : न्यायमा झन ढिलाइ
08/07/2019 Duração: 03minबिभिन्न मुलुकले पीडितको चाहाना र विचारको सम्मान गर्दै निष्कर्षमा पुग्न सरकारलाई घचघच्याइरहेका छन् । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा दलहरुले पीडितबाट टाढा भागेर छुट नपाउने टिप्पणी गर्नुहुन्छ ।
-
आकाशे पानीकै भरमा किसान
07/07/2019 Duração: 02minजलस्रोत तथा सिंचाई विभागका प्रवक्ता कृष्ण बेलबासेले सीआईएनसँग कुराकानी गर्दै सिंचाईलाई सबै क्षेत्रमा पु¥याउनका लागि सरकारले विभिन्न योजना बनाइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “किसानसम्म सहज सिंचाई पु¥याउनका लागि सरकारले सोलार शक्तिको प्रयोग गर्नुका साथै परम्परागत रुपमा गर्दै आएका सिंचाईलाई प्रविधियुक्त बनाउने काम पनि सुरु भएको छ ।”
-
नेपालमा प्राकृतिक विपद् : जोखिम बढी, पूर्व तयारी कमजोर
05/07/2019 Duração: 03minस्याङ्जाको पुतलिबजार नगरपालिकाका प्रमुख सीमा क्षेत्री र धरान उपमहानगरपालिकाका कार्यवहाक प्रमुख मञ्जु भण्डारी पनि विपद् पूर्वतयारीका काम पर्याप्त हुन नसकेको स्वीकार गर्नुहुन्छ ।
-
सांसद्हरुको ध्यान पूर्वाधार निर्माणमा
05/07/2019 Duração: 03minबजेट खर्चमा भने जहिल्यै पारदर्शिताको प्रश्न ।
-
नेपाली नागरिकको पहिचान खोज्दै लाखौं मुसहर र डोम समुदाय
04/07/2019 Duração: 03minडोम समुदायको मुख्य पेशाको रुपमा रहेको बाँसको सामान बनाउँदै गर्नुभएका नागिन्दर भेटिनुभयो । नागिन्दर मल्लिक उमेरले ३५ वर्ष पुग्नुभयो । ज्याला मजदुरी बाहेक अरु काम उहाँ र उहाँको सन्ततीका लागि सम्भव छैन । किनभने उहाँसँग नेपाली नागरिकता छैन ।
-
लोकसेवा विज्ञापनमा राजनीतिकरण, स्थानिय तह भर्तीकेन्द बन्ने जोखिम
12/06/2019 Duração: 02minराज्य व्यवस्था तथा सुशासन समितिले लोकसेवा आयोगले निकालेको विज्ञापन फिर्ता लिन निर्देशन दिएपछि स्थानिय तहमा स्थायी कर्मचारी भर्ना अनिश्चित बनेको छ ।
-
नेपालको आफ्नै भूउपग्रह राख्ने सहमति हुँदै
11/06/2019 Duração: 03minअहिले नेपालले भाडामा लिएको भूउपग्रह करिब ६ सय मेगाहर्ज व्याण्डविथको छ र आवश्यक व्याण्डविथ १४ सय मेगाहर्ज पर्छ । अहिले सम्झौता गर्न लागिएको फ्रान्सको कम्पनीले नेपाललाई १६ सय मेगाहर्ज व्याण्डविथ दिने भनेको छ ।
-
उदाहरणीय बन्ने होडमा स्थानीय सरकारहरू
11/06/2019 Duração: 02min७ सय ५३ स्थानीय तह मध्ये धेरै स्थानीय तहले प्रभावकारी काम गर्न नसकेको गुनासो आउने गरेको छ । तर केही स्थानीय तह भने आफूलाई उदाहरणीय रूपमा स्थापित गर्ने कोसिस गरीरहेका छन् ।